एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले सेफिल्ड युनाईटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा एलेक्स्जान्ड्रे लाकाजेट्ले दुई गोल गरे । गाब्रियल मार्टिनेलीले एक गोल थपे ।
खेलको ३३ औं मिनेटमा लाकाजेट्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
७१ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा लाकाजेट्ले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।
जितसँगै आर्सनलले ३१ खेलमा ४५ अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ ।
सेफिल्ड १४ अंक जोडेर पुछारमा रहेको छ ।