एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को दोस्रो लेगमा इंग्लिस क्लब आर्सनलले आज बेन्फिकासँग खेल्दैछ ।
आर्सनलले ग्रीसको एथेन्समा पोर्चुगिज क्लबसँग खेल्नेछ । आर्सनल र बेन्फिकाबीचको खेल राति ११:४० बजे सुरु हुनेछ ।
दुबै टिम आज जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।
अन्तिम १६ मा पुग्ने दुबै टिमको सम्भावना उत्तिकै रहेको छ ।
किनकि पहिलो लेगमा आर्सनल र बेन्फिफाले १-१ गोलको बराबरी खेलेका थिए ।
रोममा भएको खेलमा आर्सनलका लागि बुकायो साकाले गोल गरेका थिए ।
बेन्फिकाका पिज्जीले पेनाल्टीबाट गोल गरेका थिए ।
यस्तै म्यानचेस्टर युनाईटेडले रियल सोसिडाडसँग खेल्नेछ ।
लेष्टर सिटीले स्लाभियासँग खेल्दा रोमाले ब्रागासँग खेल्नेछ ।
एसी मिलानले एफके क्रभेना तथा नापोलीले ग्रानडासँग खेल्नेछ ।