एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अर्थर र वेस्टन म्याकेन्नीले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको पासमा अर्थरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा वेस्टनले गोल गर्दिया युभेन्ट्सलाई २-० को जित दिलाए ।
जितसंगै युभेन्ट्सले १८ खेलमा ६ अंक जोडेको छ ।
युभेन्ट्स तालिकाको चौंथो स्थानमा रहेको छ ।
बोलोग्ना २० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।