एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।
फिफाले बुधबार 'फिफा द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।
फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता लियोनल मेस्सीसहित ११ खेलाडी परेका छन् ।
मनोनयनमा मेस्सीसँगै क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, केभिन डी ब्रुएन, थियागो अलाकान्टरा, साडियो माने, सर्जियो रामोस, मोहमद सलाह र भिर्जिल भान डाइक परेका छन् ।
महिलातर्फ लुसी ब्रोन्ज, डेल्फिन कासकारिनो, कारोलिन ग्राहम, पेर्नीले हार्डर, जेनिफर हेर्मोसो, जी सो युन,साम केर, साकि कुमागई, डिसेनिफर मारोजन, भिभिन्ने मेईडीमा र वेन्डेइ रेनार्ड मनोनयनमा परेकी छिन् ।
बेस्ट गोलकिपर अवार्डका लागि पुरुषतर्फ एलिसन बेकर, थिबाउट कोर्टुवा, केइलर नाभास, म्यानुएल नोएर, जान ओब्लाक र मार्क टेर स्टेगन मनोनयनमा परेका छन् ।
यस्तै द बेस्ट प्रशिक्षकको मनोनयनमा मार्सेलो बिएस्ला, हान्सी फ्लिक, योर्गेन क्लोप, जुलेन लोपेटेगुइ र जिनेदिन जिदान परेका छन् ।
फिफाले विजेताको नाम आगामी डिसेम्बर १७ मा घोषणा गर्नेछ ।
फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ ।