एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बायर्न घरेलु मैदानमा भेरडाआ ब्रेमेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा किंग्सले कोम्यानले दोस्रो हाफमा गोल गरेपछि बायर्नले बराबरी खेलेको हो ।
कोम्यानले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि पहिलो हाफको इन्जुरी समयमा म्याक्सिमिलियन अगस्टाईनले गोल गर्दै ब्रेमनलाई अग्रता दिलाएका थिए ।
घरेलु मैदानमा बराबरीमा रोकिएपनि बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
बायर्नले ८ खेलमा १९ अंक जोडेको छ ।
ब्रेमन ११ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा वोल्फ्सबर्गले साल्केलाई २-० ले हराएको छ ।
होफेनहाइमले स्टुटगार्डसँग ३-३ गोलको बराबरी खेल्दा बोरुसिया मुन्छेनग्लाडबाखले आउग्सबर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।