काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आइतबारबाट ढाकामा प्रशिक्षण थालेको छ ।
नेपाली टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै खेलाडीहरु आइतबारबाट प्रशिक्षणमा होमिएका हुन् ।
नेपाली टिम बिहीबार नै ढाका पुगेको थियो । तर, नेपाली टिमले प्रशिक्षणको अनुमति पाएको थिएन ।
नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो । शनिबार खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
तस्बिर - एन्फा