एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनल मेस्सीले अझ राम्रो खेल्न सक्ने बताएका हुन् ।
प्रशिक्षक कोम्यानले मेस्सीको प्रर्दशनमा अझ सुधार आउन सक्ने भन्दै क्लबका कप्तान आफुसंग खुसी रहेको बताएका छन् ।
अर्जेन्टिनाका ३३ वर्षिय फरवार्डले पछिल्लो समय क्लब छाड्ने मनसाय बनाएका थिए ।
उनले यस सिजन मात्र एक गोल गरेका छन् ।
‘उनको कोशिशको विषयमा मेरो कुनै गुनासो र आशंका छैन ।’ कोम्यानले भने ।
‘अहिलेको अवस्थामा उनको प्रर्दशन अझ राम्रो हुन सक्छ । दिन दिनै सुधार हुन सक्छ । उनी खुसी छन् । उनी टिमको कप्तानको रुपमा खेल्न पाउँदा खुसी छन् ।’ उनले भने ।
मेस्सीको बार्सिलोनामा यो अन्तिम वर्ष हो । उनी यस सिजन च्याम्पियन्स लिगको समूह जीमा परेका छन् । सो समूहमा क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्स समेत रहेको छ । सन् २०१५ पछि बार्सिलोनाले सो उपाधि जित्न सकेको छैन ।
इटालियन च्याम्पियन युभेन्ट्सले यस सिजन कडा रुपमा चुनौती दिनेछ । कोम्यान नेतृत्वको बार्सिलोना समेत मेस्सीलाई अर्को उपाधि जिताउन सहयोग गर्नेछ ।
‘जब तिमी बार्सिलोनामा हुन्छौ, तब तिमी सधै उपाधिका लागि लड्छौ । त्यो चाहे ला लिगामा होस वा युरोपमा ।’ नेदरल्याण्ड्सका प्रशिक्षक कोम्यान भन्छन् ।
‘हामी दाबेदार हैनौ । तर हामी टाढा जान चाहन्छौ ।’ उनले भने ।