एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिड्स युनाइटेडलाई हराएको हो ।
सोमबार राति भएको उल्भ्सले लिड्समाथि १–० को जित दर्ता गर्दै लिग तालिकाको छैटौ स्थानमा उक्लिएको छ ।
प्रिमियर लिगको नयाँ सिजनको सूरुवाती दुई खेल गुमाएको उल्भ्सले पछिल्ला तीन खेलमा जित निकालेको छ ।
उल्भ्सले लिगको पाँचौ खेलमा कठिन जित निकाल्यो ।
खेलको ७० औं मिनेटमा राउल जिमेनेजले विजयी गोल गरेका थिए ।
लिड्सले खेलको सुरुवातमा दबाब बनाएपनि नजिता उल्भ्सको पक्षमा निस्कियो ।
उल्भ्स ५ खेलबाट ९ अंक जोड्दै तालिकाको छैटौ स्थानमा उक्लिएको छ । लिड्स ७ अंक सहित दशौं स्थानमा छ ।