एजेन्सी । इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मिलानले बिहीबार ३८ वर्षीय इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण भएको पुस्टि गरेका छन् ।
युरोपा लिग छनोट अन्तर्गत नर्वेको क्लब बोडोविरुद्धको खेल अघि गरिएको परिक्षणमा इब्राहिमोविचलाई संक्रमण पुस्टि भएको हो ।
तेस्रो चरणको छनोट अन्तर्गत मिलानले घरेलु मैदानमा आज राति नर्वेको क्लबसँग खेल्दैछ ।
टिमका अन्य खेलाडी र स्टाफलाई भने कोरोना नदेखिएको मिलानले जनाएको छ ।
मिलानले स्विडेनका इब्राहिमोविच घरमै सेल्फ आइसोलेसनमा रहेको समेत जनाएको छ ।