एजेन्सी । लेष्टर सिटीले प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गर्दै लेष्टरले लगातार दोस्रो जित निकालेको हो ।
लेष्टरको घरेलु मैदानमा सुरुवाती अग्रता भने बर्नलीले बनाएको थियो । क्रिस उडले दशौँ मिनेटम गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए ।
२० औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए । ५० औं मिनेटमा बर्नलीका एरिक पिटर्सले आत्मघाती गोल गरेपछि लेष्टर २-१ ले अघि रह्यो ।
६१ औं मिनेटमा जेम्स जस्टिनले गोल गर्दै लेष्टरलाई ३-१ को अग्रता दिलाए । ७३ औं मिनेटमा बर्नलीका जेमी डुनेले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा डेनिसले प्राएटले गोल गर्दै लेष्टरलाई ४-२ को जित दिलाए ।
जितसँगै लेष्टरले २ खेलमा ६ अंक जोडेको छ । लेष्टर तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
बर्नलीले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
अर्को खेलमा ब्राइटनले न्युकासल युनाइटेडलाई ३-० ले हराएको छ ।