एजेन्सी । सिरि ए च्याम्पियन युभेन्ट्सले नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।
आईतबार टुरिनमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ३–० ले हराएको हो ।
स्विडेन विङ्गर डेजन कुलुसेवस्कीको गोलमा युभेन्ट्सले खेलमा सुरुवाती अग्रता बनाएको थियो ।
क्रिस्टियानो रोनाल्डोको पासलाई सदुपयोग गर्दै उनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
७८ औं मिनेटमा लियोनार्दो बोनुचीले युभेन्ट्सको अग्रता दोब्बर बनाउने काम गरे ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । आरोन राम्सीको पासलाई रोनाल्डोले पोस्टको दिशा दिएका थिए ।
प्रशिक्षक आन्द्रे पिर्लोले सिरि एको पहिलो खेलमा जित दर्ता गर्न सफल रहे ।
आईतबार सिरि एमा सानो संख्यामा दर्शकलाई रंगशाला प्रवेशको अनुमती प्रदान गरिएको थियो ।
पहिलो पटक करिब हजार समर्थक दर्शकको रुपमा रंगशालामा उपस्थित थिए ।
मौरिजियो सर्रीलाई प्रतिस्थापन गरेपछि पिर्लोले पहिलो पटक युभेन्ट्सको कमान्ड सम्हालेका थिए । प्रशिक्षकको रुपमा सिरि एको डेब्यु खेलमा उनले सफलता प्राप्त गरे ।