एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड आन्द्रे सुर्लेले क्लब छाडेका छन् ।
जर्मनीका विश्वकप विजेता फरवार्डले सम्झौता एक वर्ष बाँकी रहदै क्लब छाडेका हुन् ।
आन्द्रेले आपसी समझदारीमा क्लबसँगको सम्झौता अन्त्य गरेको जनाएको छ ।
२९ वर्षे आन्द्रे अब फ्री ट्रान्सफरमा अन्य क्लबमा अनुबन्ध हुनेछन् ।
सन् २०१६ मा डर्टमण्ड आएका आन्द्रेले गत सिजन मस्कोबाट लोनमा खेलेका थिए ।
वुल्फवर्गबाट डर्टमण्ड आएका उनले क्लबका लागि ५१ खेलमा ८ गोल गरेका थिए ।
जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि जित्दा आन्द्रे टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।