एजेन्सी । अष्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई 'ए' लिग शुक्रबारबाट सुचारु हुने भएको छ ।
फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाईरसको महामारीको कारण स्थगित लिग शुक्रबारबाट सुचारु हुने जनाएको छ ।
लिग अन्तर्गत सिड्नी एफसी र विलिङटन फोनेक्सबीचको खेलसँगै लिग सुचारु हुनेछ ।
कोरोना भाईरसको कारण हुन्डाई 'ए' लिग गत मार्चबाट स्थगित गरिएको थियो ।
लिग प्रमुख ग्रेग ओ' रोर्केले फुटबल सुचारुका लागि धेरै चुनौती भएपनि लिग सुचारु गर्न लागिएको बताए ।
कोरोनाको कारण अष्ट्रेलियामा १० हजार मानिस संक्रमित छन् । यस्तै १०७ जनाको मृत्यु भईसकेको छ ।
यस सिजन सिड्नी २० खेलमा ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।