एजेन्सी । इंग्लिस क्लब टोटेनहमले गत नोभेम्बरमा मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको थियो ।
टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएपनि लिगमा १४ औं स्थानमा रहेपछि क्लबले उनलाई बर्खास्त गरेको थियो ।
पोचेटिनोलाई बर्खास्त गरेपछि टोटेनहमले जोसे मोरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
टोटेनहमले आफुलाई बर्खास्त गर्दै मोरिन्हो नियुक्त गरेपछि पोचेटिनोले पहिलो पटक मुख खोलेका छन् ।
पोचेटिनोले आफुलाई मोरिन्होले प्रतिस्थापन गर्दा निकै खुसी लागेको समेत बताए ।
'हामी एक अर्कालाई लामो समयबाट चिन्छौं,' पोचेटिनोले भने,'हामीबीच राम्रो सम्बन्ध छ । म निकै खुसी छु टोटेनहममा मलाई प्रतिस्थापन गर्दा ।'
मोरिन्होको नेतृत्वमा यस सिजन टोटेनहम आठौं स्थानमा रहेको छ ।
तर, कोरोनाको कारण प्रिमियर लिग मार्चबाट स्थगित गरिएको छ । लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।