काठमाडौं । हिमालयन शेर्पा क्लब राईनो गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा बिरगञ्ज युथ एकेडेमीलाई ५–१ गोल अन्तरले पराजित गर्दै शेर्पा क्लब अन्तिम ८ मा प्रवेश गरेको हो ।
नवलपुरको मध्यबिन्दुमा पहिलो हाफमा दुई गोल गरेको हिमालयन शेर्पा क्लबले दोस्रो हाफमा थप तीन गोल गर्यो ।
शेर्पाको जितमा त्रिदेव गुरुङ, सुरज हमाल, विकास राई, स्टेफेन आमिर, मानबहादुर तामाङले एक एक गोल गरे । विरगञ्जका कृण्ण शाक्यले एक गोल फर्काए ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।