काठमाडौं । थ्री स्टार क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा सोमबार बेलबारी फुटबल क्लब मोरङलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।
थ्री स्टारको जितमा सन्जोग राईले दुई गोल गरे । यस्तै सुशील राईले एक गोल गरे ।
अब थ्री स्टारले सेमिफाइनलमा सतासीधाम स्पोर्टिङ क्लबसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र दार्जीलिङको एमएफसीसँग खेल्नेछ ।
सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् ।
त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०/२० हजार पाउने छन् ।