एजेन्सी । अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीले म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर जाभियर हर्नान्डेजलाई अनुबन्ध गरेको छ ।
मेक्सिकोका ३१ वर्ष स्ट्राइकर हर्नान्डेजसँग मंगलबार ग्यालेक्सीले सम्झौता गरेको छ ।
पाँच पटकको च्याम्पियन ग्यालेक्सीले अनुबन्ध रकम र समय भने खुलाएको छैन । तर, उनलाई महँगो मूल्यमा ग्यालेक्सीले अनुबन्ध गरेको अमेरिकी पत्रिका एलए टाइम्सले जनाएको छ । पत्रिकाको अनुसार हर्नान्डेज मेजर लिग सकरकै सर्वाधिक मूल्यको खेलाडी बनेको समेत जनाएको छ ।
हर्नान्डेजलाई ग्यालेक्सीले स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गरेको हो । ज्लाटन इब्राहिमोबीचले क्लब छाडेपछि ग्यालेक्सीले हर्नान्डेजलाई अनुबन्ध गरेको हो ।
हर्नान्डेजले ग्यालेक्सीमा १४ नम्बरको जर्सी लगाउने छन् । हर्नान्डेज शनिबार भ्यानकुभरविरुद्ध खेल्दै क्लबमा डेब्यु गर्ने छन् ।
रियल मड्रिड, वेष्ट ह्याम, बायर लिभरकुसेन लगायतका क्लबबाट खेलिसकेका हर्नान्डेज मेक्सिकोका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।