• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भुटान भन्छ – फाइनलमा नेपाल नपरोस्
64x64
शनिवार, मंसिर २१, २०७६ रमेश सुवेदी

काडमाडौं ।

एक समय थियो ।

भुटानी फुटबल कमजोरको पर्याय थियो ।

दक्षिण एसियामा सबै भन्दा कमजोर टिम मानिन्थ्याे । 

सबैले जित्न सक्ने टिमको परिचय भुटानले बनाएकाे थियो ।

अब समय उही रहेन ।

देशको अर्थतन्त्र बलियो बनेसंगै भुटानले फुटबलमा प्रसस्त लगानी गर्यो ।

ग्रासरुट कार्यक्रमलाई बलियो बनायो । विभिन्न फुटबल विकासको परियोजना अघि सार्यो ।

यि सबै पछिल्लो एक दशकको कार्यक्रम थियो ।

यसैको नतिजा भुटान अब दक्षिण एसियामा कसैलाई पनि हराउने टिम बनेको छ ।

त्यसैको प्रमाण नेपालमा चलिरहेको १३ औं सागको फुटबलको नतिजालाई हेरे पुग्छ ।

नेपाल बाहेक सबै टिमलाई हराउँदै भुटान साग फुटबलमा फाईनल पुग्ने पहिलो टोली बनेको छ ।

भुटानले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई त निरिह जस्तै बनायो ।

प्रभावशाली जित रच्दै फुटबल ईतिहासमा पहिलो पटक सागको फाईनलमा पुग्यो ।

जब उनीहरु फाईनल पुगे, ड्रेसिङ रुपको माहोल बेग्लै देखिन्थ्यो ।

भुटान रोकिन चाहदैन । उ फाईनल जितेर अर्को ईतिहास रच्न चाहन्छ ।

तर भुटान फाईनलको प्रतिद्वन्दी नेपाल नहोस भन्ने कामना गर्छ ।

उसले समूह चरणमा नेपालसंग ४–० को नमिठो हार ब्यहोरेको थियो ।

Image may contain: 3 people, people smiling, people playing sport

पहिलो पटक साग इतिहासको फुटबलमा फाइनल पुगेपछि भुटानी राष्ट्रिय यू–२३ टिमका प्रशिक्षक पेमाले नेपाल फाइनलमा नपरे आफ्नो टिम अर्को इतिहास रच्न सफल हुने दाबी गरे ।

शनिबार दशरथ रंगशालामा श्रीलंकाविरुद्व प्रभावशाली जित निकालेपछि सञ्चारकर्मीसंग मुख्य प्रशिक्षक पेमाले नेपालसँग फाइनलमा नपरे आफुहरुको दिन सुखद् हुने बताए ।

‘नेपालसँग फाइनल खेल्न चाहदैनौं ।’ भुटानका पुर्व खेलाडीसमेत रहेका उनले भने ।

शनिबार नियमित कप्तान चेन्चो ग्लेत्सेनविना मैदान उत्रिएको भुटानले श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्याे ।

प्रशिक्षक पेमाले नेपालसँग फाइनल खेल्दा दर्शकको हुटिङमा खेल्न गाह्रो हुने बताए । उनले नेपाल फाइनल नपुग्दा नेपाली दर्शकले आफुलाई समर्थन गर्ने विश्वास ब्यक्त गरे ।

‘मेरो बिचारमा बंगलादेश फाइनल पुगोस् । नेपालसँग फाइनल खेल्न गाह्रो हुन्छ । यदि नेपाल फाइनल पुगेन भने नेपालीहरुले हामीलाई समर्थन गर्नुहुन्छ । त्यसैले हामी चाहन्छौं, बंगलादेश फाइनल पुगोस् ।’ सञ्चारकर्मीसंग नेपाली भाषामै उनले भने ।

समूह चरणको खेलमा नेपालसँग मात्रै पराजित भएको भुटानले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई पराजित गरेको थियो ।

नेपालले भोली (आईतबार) फाइनल प्रवेशका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल पुग्न नेपाललाई बराबरी पर्याप्त हुनेछ । बंगलादेशलाई भने जितको विकल्प छैन ।

पहिलो पटक फाइनलमा पुगेको भुटानी टिमका समर्थकले प्यारापिटमै रहेर ‘रातो र चन्द्र सुर्य’ र ‘रेशम फिरिरि’ गितमा रमाईलो गरेका थिए ।

ऐतिहासिक फाइनलपछि भुटानको ड्रेसिङ रुममा बेग्लै माहोल देखिन्थ्यो । उनीहरु माल्दिभ्सका प्रशिक्षकले पोष्ट म्याच सकेर बाहिर निस्कदाँ पनि जितकाे खुसीयाली मनाईरहेका थिए ।

Image may contain: 2 people, people playing sport and outdoor

नेपाली भाषामै सञ्चारकर्मीसंग खुलेका उनले टिमले फाइनल यात्रा गर्दा निकै खुसी भएको बताए ।

‘पहिलो पटक फुटबल ईतिहासमा फाइनलमा पुग्दा खुसी भयौ । केटाहरुले राम्रो खेले । फाइनल पुग्दा खुसीनै लाग्छ । भुटानको फुटबलको सबैभन्दा राम्रो क्षण हो । केटाहरु पनि रोईरहेका थिए ।’ उनले भने ।

यस्तै नियमित टिमका कप्तानको स्थान लिएका जिग्मे छिरिङ दोर्जीले खेलाडीले राम्रो खेल्दा फाइनल पुग्न सफल भएको बताए ।

‘चुनौती थियो । डर पनि थियो । तर केटाहरुले राम्रो खेले । खुसी छौ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनाईटेड र चेल्सीको बराबरी
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
चेल्सी र युनाईटेड भिड्दै
खुमलटारको जितमा महेशको निर्णायक गोल
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP