एजेन्सी । अमेरिकी मेजर लिग सकर (एमएलएस) का कमिस्नार डन गार्बरले स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोबीच इटालियन क्लब एसी मिलान फर्कने बताएका छन् ।
गार्बरले इएसपीएनसँग कुरा गर्दै मिलान फर्कन ज्लाटनले एमएलएस क्लब एलए ग्यालेक्सी छाडेको बताए ।
'ज्लाटन चाखलाग्दो मान्छे हो,' इएसपीएनसँग गार्बरले भने, 'उनी ३८ वर्षका छन् र विश्व फुटबलको शीर्ष मध्येको एक क्लब एसी मिलानमा आबद्द हुदैछन् ।'
स्वीडेनका भेट्रान स्ट्राइकर ज्लाटन सन् २०१८ मा एलए ग्यालेक्सीमा आबद्द भएका थिए । तर, यस सिजनको अन्त्यसँगै उनले क्लब छाडेका थिए ।
ज्लाटनले यस अघि सन् २०१० देखि १२ सम्म एसी मिलानबाट खेलेका थिए । जसमा उनले ६१ खेलमा ४२ गोल गरेका थिए ।