एजेन्सी । युरोकप छनोटमा फिनल्याण्डले अर्मेनियालाई हराएको छ ।
मंगलबार राति भएको खेलमा पुक्की प्रेरित फिनल्याण्डले अर्मेनियालाई ३–० ले हराएको हो ।
जितसंगै फिनल्याण्ड युरो छनोटको नजिक पुगेको छ । समुहको शीर्ष स्थानमा रहदै ईटाली युरोकपमा छनोट भईसकेको छ ।
जेनसेनले ३१ औ मिनेटमा गोल गर्दै फिनल्याण्डलाई अगाडी बढाएका थिए ।
पुक्कीले ६१ औ मिनेटमा गोल गर्दै फिनल्याण्डको अग्रता दोब्बर पारे ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ पुक्कीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित निकाल्न सफल रहे ।
पुक्की देशका सर्वाधिक तेस्रो गोलकर्ता बन्न सफल रहे । उनले २२ गोल गरेका छन् ।
फिनल्याण्ड अहिलेसम्म युरोकप र विश्वकपमा छनोट हुन असफल हुदै आएको छ ।
बाँकी दुई मध्य एक जितले मात्र फिनल्याण्ड पहिलो पटक युरोकपमा छनोट हुन सक्नेछ ।
समूह जेको दोस्रो स्थानको फिनल्याण्डले ८ खेलबाट १५ अंक जोड्यो । उसले तेस्रो स्थानमा अर्मेनियासंग ५ अंकको अग्रता लिन सफल रह्यो ।