काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले खेलाडीको क्षमतामा आफुलाई विश्वास गरेको बताएका छन् ।
विश्वकप छनोटमा घरेलु टोली अष्ट्रेलियासंग खेल्नु अघिल्लो दिन (बुधबार) पत्रकारसंग प्रशिक्षक कालिनले नेपालले गर्ने प्रर्दशनमा नतिजा निर्भर रहने प्रष्ट पारे ।
‘अष्ट्रेलियाबारे धेरै अनुसन्धान गरेको छैन । तर अष्ट्रेलिया धेरै राम्रो टिम हो । राम्रो खेल्ने कोशिश गछौ । आफ्नो उत्कृष्ट दिन्छौ ।’ उनले भने, ‘हामी अन्डरडग हौ । हामी डराएका छैनौ । हामीलाई आफैप्रति आत्मविश्वास छ ।’
कालिनले अष्ट्रेलिया निकै राम्रो टोली भएको बताउँदै घरेलु टोलीका खेलाडी धेरे अनुभवी र स्तरीय रहेको बताए ।
‘राम्रो नतिजा भन्दा नि राम्रो प्रर्दशन हेर्ने हो । स्तरको कुरा गर्ने हो भने अष्ट्रेलिया खेलाडी धेरै अनुभवी र स्तरीय छन् ।’ उनले भने ।
‘विश्वका उत्कृष्ट लिग खेल्ने खेलाडीसंग खेल्न पाउनु नेपाली खेलाडीका लागि समेत राम्रो हो ।’ उनले थपे ।
प्रशिक्षक कालिनले अष्ट्रेलियाको जस्तो स्रोत साधन नेपाली फुटबलमा रहेको उल्लेख गर्दै विस्तारै नेपाली फुटबल विकास हुन लागेको बताए ।
‘हामीसंग अष्ट्रेलियाको जस्तो स्रोत साधान छैन । मैदान छैन । लिग छैन ।’ उनले भने, ‘धेरै पछि लिग भयो । यो डिसेम्बरबाट नयाँ सिजन सुरु हुदैछ । मैदान बन्दै छ । फुटबल विस्तारै विकास हुदैछ ।’
कालिनले अष्ट्रेलियामा हुने नेपाली दर्शकले खेलाडीमा उर्जा मिल्ने विश्वास ब्यक्त गरे ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली टिमले भोली (बिहिबार) विश्वकप छनोटको आफ्नो तेस्रो खेल खेल्दैछ ।
अष्ट्रेलियामा बस्ने करिब ५ हजार नेपाली दर्शक खेल हेर्न रंगशाला पुग्ने विश्वास ब्यक्त गरिएको छ ।
नेपाल र अष्ट्रेलियाबीचको खेललाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेको छ ।