पोखरा । पोखराको संगम युवा क्लबले संचालन गरेको फुटबल एकेडेमीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापा र सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङले खेलकुद सामग्री सहयोग गरेका छन् ।
एन्फा उपाध्यक्ष थापा र संगम क्लब हङकङका कार्यकारी सदस्य समेत रहेका गुरुङले एकेडेमीलाई ५–५ थान बल सहयोग गरेका हुन् । थापा र गुरुङले मंगलबार एकेडेमीलाई बल हस्तान्तरण गरे ।
संगम क्लबले करिब एक महिना अघिबाट एकेडेमीको सुरुवात गरेको हो । संगमले २०६८ सालमा क्षेत्रिय च्याम्पियन बन्दै ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेको छ ।
एकेडेमीमा प्रशिक्षण लिने मध्ये ३० जना मध्ये तीन जना बालिका रहेको क्लबका अध्यक्ष राजु गुरुङले बताए ।