एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै ब्राजिल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । जसमा ब्राजिली गोलकिपर एलिसनले उत्कृष्ट प्रर्दशन गरे ।

खेलको अधिकाश समय खेलमा प्रभाव जमाएपनि ब्राजिलले निर्धारित समयमा गोल गर्न भने सकेन ।
खेलको तेस्रो मिनेटमा रोबर्टो फिर्मिन्होले डि बक्सभित्रबाट प्रहार गरेको बललाई पाराग्वेका गोलकिपरले मुस्किलले बचाएका थिए ।
५८ औ मिनेटमा डिफेन्डर फेबियन बालबुना रातो कार्ड खादै मैदान बाहिरिएपछि पाराग्वे १० खेलाडीमा सिमित बनेको थियो । डिबक्स बाहिर फिर्मिन्होलाई खराब ट्याक्ल गरेपछि रेफ्रीले फेबियनलाई रातो कार्ड देखाएका थिए ।
खेलको ६० औ मिनेटमा ड्यानी आल्भेसले डिबक्स नजिकैबाट प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो । ९० औ मिनेटमा विलियमले पाराग्वेका डिफेन्डरलाई छलाउँदै प्रहार गरेको बल पोस्टको बारमा लागेर फर्किएको थियो ।
/cdn.vox-cdn.com/uploads/chorus_image/image/64144781/1158725163.jpg.0.jpg)
पेनाल्टीमा ब्राजिलका विलियम, मार्किन्होस, फिलिप कौटिन्हो र ग्याब्रियल जिससले गोल गरेका थिए । भने रोबर्टो फिर्मिन्होको प्रहार असफल भएको थियो ।
पाराग्वेका गुस्तावो गोमेज र डार्लिस गोन्जालेजको प्रहार असफल भएको थियो । मिगुएल अल्मिरान, ब्रुनोे वाल्डेज, रोड्रिगो रोजासको प्रहार सफल भएको थियो ।
तर टाईब्रेकरमा ब्राजिली गाेलकिपर एलिशनले उत्कृष्ट प्रर्दशन गर्दै टिमलाई नकआउट चरणमा अघि बढाए । ब्राजिलले अब सेमिफाइनलमा भेनेजोयला र अर्जेन्टिनाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।