एजेन्सी । अफ्रिका कप अफ नेसन्समा अल्जेरियाले सेनेगलमाथि संघर्षपुर्ण जित निकालेको छ । बिहिबार राति भएको खेलमा अल्जेरियाले सेनेगललाई १–० गोल अन्तरले हराएको हो ।
अल्जेरियालाई म्यानचेष्टर सिटीका विङ्गर रियाद महरेजको साथ थियो । सेनेगल भने लिभरपुल स्टार साडियो मानेको भरमा थियो । तर दुवै खेलाडीले निकै शान्त पुर्वक खेलमा प्रर्दशन गरे ।
युसुफ बेलाईलीले ४९ औ मिनेटमा गरेको गोल अल्जेरियाको जितमा निर्णायक बन्यो । सोही गोलले अल्जेरिया प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
सेनेगलले बराबरीको अवसर नपाएको होईन । तर मानेको हेड बल पोस्टको नजिकैबाट बाहिरिन पुग्दा सेनेगलले बराबरीको अवसर गुमाएको थियो ।
अफ्रिकाको उच्च वरियताको सेनेगल अघिल्लो चरण पुग्न समुहको अर्को खेलमा केन्यालाई हराउँनुपर्नेछ । समुह सीकै अर्को खेलमा केन्याले तान्जेनियालाई ३–२ ले हराएको थियो ।