एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन गोलकिपर नेटोलाई अनुबन्धित गरेको छ ।
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले नेटोलाई भ्यालेन्सियाबाट क्लबमा अनुबन्ध गरेको हो । बार्सिलोनाले २९ वर्षीय नेटोलाई २६ मिलियन युरोमा अनुबन्ध गरेको हो ।
नेटोले बार्सिलोनासंग चार बर्षे सम्झौता गरेका छन् । सम्झौतासंगै नेटो २०२२/२३ को सिजनसम्म बार्सिलोनामा रहने छन् ।
नेटोले यस सिजन भ्यालेन्सियाबाट ४७ खेल खेलेका थिए । जसमा उनले १० खेलमा क्लिन सिट रहेका थिए ।