काठमाडौं । डच क्लब आयाक्सका युवा कप्तान म्याथिज डी लिग्टले आफु सानो छदाँ क्रिस्टियानो रोनाल्डो जस्तै बन्ने सपना रहेको बताएका छन् ।
१९ बर्षका सेन्टर ब्याक लिग्ट पछिल्लो समय पोर्चुगिज सहकर्मी रोनाल्डोसंग खेल्ने सम्भावनाको नजिक छन् । उनी पाँच बर्षका लागि ईटालियन महारथी क्लब युभेन्ट्ससंग ७० मिलियन पाउण्डमा अनुबन्धनको तयारीमा छन् ।
आयाक्सको कप्तानको रुपमा परिपक्क खेल प्रर्दशन गरेपछि ठुला युरोपेली क्लबले लिग्टमाथि आखाँ लगाईरहेका छन् ।
च्याम्पियन्स लिगमा आयाक्स र लिग्टको प्रर्दशनपछि ठुला युरोपेली क्लब बार्सिलोना, पेरिस सेन्ट जर्मेन पीएसजी र म्यानचेष्टर युनाईटेडले अनुबन्धनको ईच्छा देखाएका थिए ।
तर नेदरल्याण्डका डिफेन्डरले सिरि ए च्याम्पियन क्लबसंग जोडिएका छन् । जहाँ उनका बाल्यकालका हिरो रोनाल्डोले खेलिरहेका छन् ।
डच पत्रिकासंग कुरा गर्दै डी लिग्टले भनेका छन्, ‘सबै चिज छिटो भईरहेको छ । मैले महशुश गरेको छु । सिजनको दौरान समिक्षा गर्ने समयनै भएन ।’
‘तर कुनै बेला समय निस्कन्छ । मैले महशुश गरे, त्यो समय सामान्य थिएन । भर्खरै मात्र मैले बाल्यकालका साथीसंग खाना खाए ।’ रोनाल्डोको प्रसंग उल्लेख गर्दै लिग्टले भने ।
‘निष्कर्शमा भन्नुपर्दा म सधै क्रिस्टियानो रोनाल्डो जस्तो बन्न चाहन्थे । जति बेला म बगैचामा फुटबल खेल्थे, त्यो समय रोनाल्डो म्यानचेष्टर युनाईटेडबाट खेल्थे ।’ उनले थपे ।
रियलका पुर्व फरवार्ड रोनाल्डोको दोस्रो लेगमा दुई गोल गरेपनि च्याम्पियन्स लिगको क्वाटरफाईनलमा लिग्टको क्लब आयाक्सले समग्रमा युभेन्ट्सलाई ३–२ ले पराजित गरेको थियो ।
आयाक्स सेमिफाईनलमा प्रिमियर लिग क्लब टोटेनहमसंग पराजित भएको थियो ।
डी लिग्टले नेसन्स लिगको फाईनलमा रोनाल्डोविरुद्व प्रतिस्पर्धा गरेका थिए । रोनाल्डो नेतृत्वको पोर्चुगलले फाईनलमा नेदरल्याण्डलाई १–० ले हराउँदै उपाधि उचालेको थियो ।