एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार स्पेनिस क्लब बार्सिलोना फर्कने तयारी गरिरहेका छन् ।
बार्सिलोना फर्कन नेयमारले समेत इच्छा व्यक्त गरिरहेका छन् । क्लब फर्कन नेयमार र बार्सिलोना सहमति नजिक समेत पुगेका छन् ।
तर, पिएसजी भने नेयमार क्लबमै बसेको हेर्न चाहन्छ । नेयमारलाई थप एक सिजन क्लबमै राख्न पीएसजीले योजना बनाईरहेको द टेलिग्राफले जनाएको छ ।
अघिल्ला दुई सिजनको भन्दा उत्कृष्ट प्रदर्शन गर्दै नेयमारले क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने क्लबले विश्वास लिएको छ ।
नेयमार बार्सिलोनाबाट सन् २०१७ मा क्लब फुटबलकै सर्वाधिक महँगा खेलाडी बन्दै पीएसजी आएका थिए । उनि २ सय मिलियन पाउण्डमा पीएसजीमा अनुबन्ध भएका थिए ।
नेयमारले यस सिजन पीएसजीबाट १७ लिग खेलमा १५ गोल र ७ गोलका लागि असिस्ट गरेका थिए ।