एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले डर्बी क्लब रियल मड्रिडका मिडफिल्डर मार्कुस लोरेन्टलाई क्लबमा भित्र्याएको छ ।
२४ बर्षीय स्पेनिस मिडफिल्डर मार्कुसलाई अनुबन्ध गर्न एट्लेटिको र रियलबीच सहमति बनेको छ। एट्लेटिकोले मार्कुसलाई ३५ मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गर्ने लागेको हो ।
रियलको युवा टिमबाट आएका मार्कुसले क्लबबाट ३९ खेल खेलेका थिए । यस सिजन उनले क्लबबाट सबै खाले प्रतियोगितामा १६ खेल खेलेका थिए ।
१३ बर्षको उमेरबाट रियलको एकेडमीमा रहेका मार्कुसले २०१६ देखि १७ सम्म अलाभेसबाट लोनमा खेलेका थिए ।
मार्कुसको अनुबन्धसंगै रियल र एट्लेटिकोबीच सन् २००६ पछि पहिलो पटक खेलाडी किनबेच भएको छ ।