• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कहाँ चुक्यो अफगानी क्रिकेट ?
विश्वास थापा
बिहीबार, असार ५, २०७६ विश्वास थापा
कहाँ चुक्यो अफगानी क्रिकेट ?

काठमाडौं । भनिन्छ, जब ज्वालामुखीले आफ्नो उग्र रुप देखाउँछ, त्यसले वरपरका कसैलाई बाँकी राख्दैन । ठ्याक्कै त्यही चरित्र केहि बर्ष अघि अफगानी क्रिकेटले देखाएकाे थियाे । 

सन् २००१ मा अफगानी टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट मान्यता पाएको थियो । तालिबान लडाकु समूहले अफगानिस्तानमा क्रिकेटमाथि लगाएको प्रतिबन्ध सन् २००१ मा हटाएको थियो । त्यसपछि न हो अफगानी क्रिकेट खुल्न थालेको ।

सन् २००९ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको अफगानिस्तानले २०१५ मा पहिलो पटक विश्वकपका लागि छनोट मात्रै भएन, पहिलो जित पनि हासिल गर्न सफल रह्यो ।

सन् २०१५ को विश्वकपमा उसले स्कटल्याण्डलाई पराजित गर्दै विश्व क्रिकेट जगतको ध्यान एकपटक आफुमा केन्द्रित गर्यो । एसोसियट राष्ट्रमाथि हाबी हुँदै आएको उसले केही टेस्ट राष्ट्रलाई समेत मात दिन थाल्यो ।

बंगलादेश, वेष्ट इण्डिज, जिम्बाबे, पाकिस्तान जस्ता टेस्ट राष्ट्रलाई पराजित गर्दै अफगानिस्तानले आफुलाई समेत टेस्ट राष्ट्रकाे लायक रहेको संकेत गरिसकेको छ ।

अफगानिस्तान भन्दा निकै पहिले नेपाल, नदरल्याण्डस, आयरल्याण्ड, युएई जस्ता देशले क्रिकेट खेल्न सुरु गरेका थिए । तर अब अफगानी क्रिकेटको स्तर निकै माथि पुगेको देखिन्छ ।

छोटो समयमा प्राप्त गरेको उपलब्धिलाई मध्ये नजर गर्दै आईसीसीले सन् २०१७ मा आयरल्याण्ड र अफगानिस्तानलाई टेस्ट राष्ट्रमा बढुवा गरिदियो ।

१२ औं संस्करणको विश्वकप अहिले ईङल्याण्ड र वेल्समा जारी छ । दोस्रो विश्वकपमा सहभागी अफगानिस्तानले ५ खेल खेल्दा कुनै जित निकाल्न सकेको छैन । सेमिफाइनलको लक्ष्य बोकेर इंङ्ल्याण्ड पुगेको अफगानिस्तान अंक तालिकाको पुछारमा छ ।

विश्वकप अघि क्रिकेट पण्डितहरुले प्रतियोगितामा अफगानिस्तानले रोमान्चकता थप्ने आशा राखेका थिए । समर्थकलाई पनि लागेको थियो, कम्तिमा २-३ खेल अफगानिस्तानले जितेर फर्कने छ ।

आशा नहोस पनि किन ? विश्वकप अघिको लय देख्दा सबैको अनुमान जायजनै थियो ।

विश्वकपको पहिलो खेलमा अफगानिस्तान टोली अस्ट्रेलियासंग पराजित भयो ।

त्यस्तै श्रीलंका, न्युजिल्याण्ड, दक्षिण अफ्रिका र इङ्ल्याण्डसंग लगातार हार ब्यहोरेको छ ।

उसले अब बाँकी खेल उपाधि दाबेदार मानिएका भारत, वेष्ट इण्डिज, बंगलादेश र पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । जहाँ अफगानिस्तानलाई जित निकाल्न निकै कठिन हुनेछ ।


किन अफगानिस्तानले विश्वकपमा अपेक्षा अनुसारको प्रर्दशन गर्न सकेन । सबैको मनमा प्रश्न यही छ । विश्वकप अघि अफगानिस्तानको टिममा भुकम्प गएको थियो ।

अफगानिस्तानका सर्वाधिक सफल कप्तानको रुपमा रहेका अजगर अफ्घानीलाई टोलीको कप्तानबाट हटाईएका थिए । 

चालु विश्वकपमा अफगानी टिममा खट्किएको समस्या भनेको अनुभबी कप्तानकाे नै हो ।

धेरै जसो देशले अधिकतम अनुभबी खेलाडीलाई विश्वकपको टिममा समावेश गर्न प्रयत्न गर्ने गर्छन् । तर क्रिकेट विकासको दौडमा रहेको अफगानिस्तानले विश्वकप अघि ठुलो गल्ति गर्यो । त्यसको पश्चताप अफगानिस्तानको क्रिकेट बोर्डलाई भएको हुनुपर्छ । कप्तानको जिम्मेवारीबाट मुक्त गरिएपनि अफ्घानी विश्वकप खेल्न ईङ्ल्याण्डमा छन् ।

कप्तानी परिवर्तनको निर्णयमा अफगानी स्टार खेलाडी मोहमद नाबी र रशिद खानले चर्को आलोचना गरेका थिए । सबै ढाँचाको क्रिकेटका कप्तान रहेका अफ्घानीलाई बर्खास्त गर्दै क्रिकेट बोर्डले सबै ढाँचामा फरक फरक कप्तान नियुक्त गरेको थियो ।

सन् २०१५ देखी २०१९ सम्म निरन्तर अफगानी टिमको कप्तानी गरेका अफ्घानीले देशलाई दोस्रो पटक विश्वकपसम्म पुर्याएका थिए । उनलाई अफगानिस्तानले बिर्सन नहुने थुप्रै घटना छन् ।

उनले २०१९ विश्वकपको छनोट प्रतियोगिताको केहि घण्टा अघि पेटको शल्यक्रिया गरेका थिए । सुरुवाती खेल गुमाए पनि केहि दिनपछि पेटमा पट्टि बानेर उनले राष्ट्रका लागि खेल्दै गरेको क्षण सायदै समर्थक र खेलाडीले बिर्सने छन् ।

उनको कप्तानिमा अफगानिस्तानले ५६ एक दिवसीय खेल खेलेको छ । जसमा ३१ खेलमा जित हात पारेको छ भने २१ खेलमा पराजित छ । एक खेल बराबरी गरेको छ भने तीन खेल नतिजा बिहिन छन् ।

अफ्घानीको नेतृत्वमा अफगानिस्तानले सर्वाधिक खेल जितेको छ । र, उसले ५७ दशमलब २ प्रतिशत खेलमा जित हात पारेको छ । जो अरु कप्तानको तुलनामा धेरै हो ।

आईसीसीको टी–ट्वान्टी वरियतामा बलर राशिद खान शीर्ष स्थानमा छन् । उनले आफुले खेलेका कप्तान मध्य अफ्घानी मनपर्ने कप्तान रहेको बताएका थिए ।

उनको कप्तानीमा खेल्न सुरु गरेका राशिदले केही विश्व कीर्तिमान बनाएका छन् । साथै उनकै नेतृत्वमा राशिदले उत्कृष्ट प्रर्दशन गर्दै विश्व वरियतामा फड्को मार्दै आएका छन् ।

तर विश्वकपमा उनको प्रर्दशन सोचे अनुरुप हुन सकेन । अझ भन्ने हो भने ईङ्ल्याण्डविरुद्वको खेलमा उनले एक नकारात्मक कीर्तिमान आत्साथ गरे । उनी एकदिवसीय विश्वकपमा सर्वाधिक रन खाने बलर बने । इङ्ल्याण्डविरुद्ध राशिदले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए र विकेट विहीन बने ।

लाग्दैछ, एक पटक विश्व क्रिकेटलाई नतमस्तक बनाउने गरि उदाएको अफगानी क्रिकेटले विश्राम लिएको छ ।

थाहा छैन, फेरी कुन दिन अफगानी क्रिकेट ज्वालामुखीको स्वरुप लिनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP