एजेन्सी । इटालियन क्लब एसी मिलानले इटालियन प्रशिक्षक मार्को गियामपाओलोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
मिलानले दुई बर्षको लागि प्रशिक्षक गियामपाओलोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक गेनारो गत्टुसोले क्लब छाडेपछि मिलानलाई गियामपाओलोलाई जिम्मेवारी दिएको हो ।
गियामपाओलोले यसै सिजनको अन्तिममा साम्पडोरिया छाडेका थिए । उनको प्रशिक्षणमा साम्पडोरिया यस सिजन इटालियन सिरी 'ए' मा नवौं स्थानमा रहेको थियो ।
यस्तै मिलानले क्लबका लिजेण्ड तथा पूर्व कप्तान पाओलो माल्दिनीलाई टेक्निकल डिरेक्टर र जाभोनिमिर बोबानलाई चिफ फुटबल अफिसरमा नियुक्त गरेको छ ।