काठमाडौं । एपीएफ क्लब छैटौं संस्करणको रमपम उदयपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनलमा मोरङ फुटबल एकेडमीलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
थरुहट रंगशालामा एपीएफलाई जित दिलाउन प्रविन स्याङतेन र हरि कार्कीले एक एक गोल गरे ।
अब एपीएफले उपाधिका लागि आयोजक उदयपुर ११ र गोर्खा ब्वाईजबीचको विजेतासंग खेल्नेछ ।
उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छन् । उपविजेताले ३ लाख पाउने आयोजकले जनाएको छ ।