काठमाडौं । झापा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहिद स्मारक 'सी' डिभिजन लिगमा बढुवा भएको छ ।
राजधानीमा जारी 'सी' डिभिजन लिग छनोट अन्तर्गत बुधबार भएको दोस्रो चरणमा जित निकाल्दै झापा र चर्च बढुवा भएको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा झापाले सरस्वतीनगर स्पोर्टस क्लबलाई १-० ले पराजित गर्यो । झापाको जितमा अंगुर कुमार खड्काले एक मात्र निर्णायक गोल गरे ।
यस्तै अर्को खेलमा चर्चले सुन्धारा युवा क्लबलाई ५-० गोल अन्तरले पराजित गर्यो । चर्चको जितमा भुषण सुब्बाले २ गोल गरे । यस्तै कुबेर न्यौपाने, इन्द्र जङ लिम्बु र मिलन राईले एक एक गोल गरे ।