काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा बुधबार पोखरा महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै चौदण्डीले विजयी सुरुवात गरेको हो ।
चौदण्डीको जितमा चुम्लुनामा राईले ह्याट्रिक गरिन् । यस्तै अनुस्का शेर्पाले दुई तथा सरस्वती चौधरी र मनिका राईले एक एक गोल गरिन् ।
जितसंगै समूह 'बी' को चौदण्डीले पहिलो खेलबाट ३ अंक जोडेको छ । र, चौदण्डी समूहको शीर्ष स्थानमा छ । पराजित पोखराले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस समूहमा ३ अंक जोडेको विरेन्द्रनगर नगरपालिका दोस्रो स्थानमा छ । बुधबार नै विरेन्द्रनगरले हेटौडा उपमहानगरपालिकालाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
खिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।