एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमारले बार्सिलोना फर्कन चाहेको बताएका छन् ।
उनी पुरानै क्लब फर्कन चाहेको खबर सार्वजनीक भईरहेको समय नेयमारले फ्रान्सेली क्लबलाई आफु बार्सिलोना फर्कन चाहेको स्पष्ट पारेका हुन् ।
उनी पछिल्लो समय स्पेनिस महारथी क्लब बार्सिलोनासंग जोडिएका छन् । बार्सिलोना समेत ब्राजिली टिमका आक्रमक खेलाडी नेयमारलाई घर फर्काउन प्रयासरत छ ।
'म यहाँ निरन्तरता दिन चाहन्न । म घर फर्कन चाहन्छु । जसलाई मैले छोड्न हुदैन थियो ।' नेयमारले भनेका छन् ।
उनी सन् २०१७ मा विश्व कीर्तिमानी रकम १ सय ९८ मिलियन पाउण्डमा पेरिस क्लब जोडिएका थिए । तर उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी काट्न थालिएको थियो । सोही क्रममा उनले आफु बार्सिलोना फर्कन चाहेको स्पष्ट पारेका हुन् ।
पीएसजी प्रशिक्षक थोमस टुचेलले नेयमारका कारण ड्रेसिङ रुपमा समस्या भएको बताएका थिए ।
तर विश्व फुटबलका महङ्गा फुटबलर नेयमार बार्सिलोना फर्कन चाहेको बताएपछि पीएसजीले उनलाई बाहिर पठाउने योजना बनाउन सुरु गरेको छ ।

बार्सिलोनाका सुपर स्टार मेस्सी समेत नेयमारलाई क्लब फर्काउन आतुर छन् । बार्सिलोनाको अग्रपङ्तीमा आएका अन्य खेलाडीसंग सहकार्य जम्न नसकेपछि उनी आफ्ना प्रिय सहकर्मी नेयमारलाई ल्याउन क्लबमाथि दबाब दिईरहेका छन् ।
नेयमार बार्सिलोनामा फर्किए स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यान पीएसजी फर्कन सक्नेछन् ।
नेयमारको बिषयलाई लिएर बार्सिलोनाले ग्रिजम्यानको सरुवा प्रक्रियालाई स्थगित गरेको छ ।
नेयमारसंग पछिल्लो समय पीएसजीका अध्यक्ष अल खेलाईफीको सम्बन्ध बिग्रिएको थियो । सोही कारण उनले क्लबको जर्सीमा गर्व गर्न नसक्ने खेलाडीले क्लब छाडेर जान सक्ने बताएका थिए । उनको सो भनाई नेयमारप्रति लक्षित थियो ।
पीएसजीसंग नेयमारको सम्झौता सन् २०२२ सम्म छ । तर स्पेनिस महारथीद्वय बार्सिलोना र रियल मड्रिडले नेयमारमा ईच्छा देखाईरहेका छन् ।
नेयमार पछिल्लो समय पैतलामा लागेको चोटका कारण मैदान बाहिर छन् । सोही कारण उनले घरेलु भुमीमा रहेको कोपा अमेरिका कप गुमाएका छन् ।