काठमाडौं । नेपाली यू–१९ टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की भुटान प्रस्थान गरेका छन् ।
भुटानको शीर्ष डिभिजनको लिग खेल्न अर्पण बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाली यू–२३ टिमका मुख्य गोलकिपर समेत रहेका अर्पणले पारो फुटबल क्लबबाट ‘भुटान प्रिमियर लिग’ खेल्ने छन् ।
अर्पण यस सिजनका लागि क्लबमा अनुबन्धित भएका हुन् । भुटानी लिग यहिँ जुन २२ बाट सुरु हुँदैछ ।
अर्पणको टिम पारोले लिगको पहिलो खेल जुन २३ मा खेल्नेछ । पहिलो खेलमा पारोले ट्रान्सपोर्ट युनाईटेड फुटबल क्लबको सामना गर्दैछ ।
गोलकिपर अर्पणले पारोबाट यसअघि पनि खेलेका थिए । यस संस्करणको जिग्मे दोर्जे वाङ्चुक गोल्डकपमा अर्पणले पारोबाट खेलेका थिए । पारो च्याम्पियन समेत बनेको थियो ।
उक्त प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबले पनि सहभागिता जनाएको थियो ।