एजेन्सी । ब्राजिली महिला फुटबल टिमकी लिजेण्ड मार्टाले विश्वकपमा कीर्तिमानी गोल गरेकी छिन् ।
महिला विश्वकपको १७ औ संस्करणमा ईटालीविरुद्व विजयी गोल गर्दै उनले विश्व फुटबलको सबै भन्दा ठुलो प्रतियोगितामा गोल संख्या १७ पुर्याएकी छिन् ।
६ पटककी विश्व बर्ष खेलाडी मार्टाको गोलसंगै ब्राजिल विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

३३ बर्षकी ब्राजिली लिजेण्ड मार्टाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै जर्मनीबाट सन्यास लिएका मिरोस्लाभ क्लोजको कीर्तिमान भंग गरेकी हुन् ।
यसअघि जर्मनीका क्लोजको नाममा १६ गोलको कीर्तिमानी रहेको थियो । यस्तै १५ गोल गरेका ब्राजिली लिजेण्ड रोनाल्डो तेस्रो स्थानमा धलेकिएका छन् ।