एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुएलासंग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
लिग चरणको दोस्रो खेलमा ब्राजिल भेनेजुएलाविरुद्व मैदान उत्रिएको थियो । पहिलो खेलमा प्राप्त प्रभावशाली जितले दोस्रो खेलमा सहज जित निकाल्ने ब्राजिलको अपेक्षा थियो ।
तर खेल अवधिभर भेनेजुएलालाई दबाबमा राखेपनि ब्राजिलले गोल गर्न भने सकेन ।
ब्राजिलले खेलमा तीन गोल नगरेको होईन । तर तीन वटै गोललाई रेफ्रीले मान्यता दिएनन् । रोबर्टो फिर्मिन्हो, ग्राबियल जिसस र फिलिप काउटिन्होको गोललाई रेफ्रीले मान्यता दिन अस्विकार गरे ।
फिर्मिन्होले डि बक्सभित्र बाट गरेको गोलमा रेफ्रीले फल देखाए । काउटिन्हो र जिससको गोललाई भार मार्फत अफसाईडको मान्यता दिए ।
समुह एको ब्राजिलले दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएकाे छ । भेनेजुएला दुई खेलबाट २ अंक सहित तेस्रो स्थानमा यथावत छ ।