एजेन्सी । मिडफिल्डर जुआन माटाले प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडसंग नयाँ सम्झौता गरेको छन् । जुन ३० मा सम्झौता सकिने भएपनि माटाले क्लबसंग एक बर्षको सम्झौता थप गरेका हुन् ।
आन्द्रे हेरेराले फ्रान्सेली क्लब पीएसजी जाने भएपनि ३१ बर्षका माटा क्लबमै रहने बिषयमा छलफलमा थिए । लगातार दोस्रो बर्ष युनाईटेडले सिनियर खेलाडीसंग सहमतीलाई अन्तिम रुप दिएको छ ।
माटा सन् २०१४ मा क्लब रेकर्ड मुल्य ३७ दशमलव १ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सीबाट ओल्डट्राफोर्ड आएका थिए ।
उनले २ सय १८ खेलमा ४५ गोल गरेका छन् । उनले सन् २०१६ को एफ ए कपको फाईनलमा क्रिस्टल प्यालेसविरुद्व गोल गरेका थिए ।
माटाले युनाईटेडले युरोपा लिग र लिग कप जित्दा सुरुवाती खेलाडीको रुपमा क्लबमा योगदान गरेका थिए ।