एजेन्सी । बोरुसिया डर्टमण्डका प्रशिक्षक लुसियन फाब्रे सन् २०२१ सम्म क्लबमै रहने भएका छन् ।
प्रशिक्षक लुसियनले मंगलबार क्लबसंगको सम्झौतामा नवीकरण गरेका छन् । सम्झौतासंगै स्विडिस प्रशिक्षक लुसियनले आगामी दुई सिजन डर्टमण्डको टिम सम्हाल्ने छन् ।
स्विडेनका पूर्व मिडफिल्डर समेत रहेका ६१ बर्षीय लुसियन गत सिजन डर्टमण्ड आएका थिए ।
यस सिजन डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा दोस्रो स्थान हासिल गरेको थियो ।