काठमाडौं । राजधानीमा जारी उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा उपाधि दाबेदार टिम चन्द्रपुर नगरपालिका पराजित भएको छ ।
हलचोकस्थित एपीएफको मैदानमा मंगलबार भएको आफ्नो अन्तिम लिग खेलमा चन्द्रपुर बाह्रबिसे नगरपालिकासंग १-० गोल अन्तरले पराजित भएको हो ।
बाह्रबिसेको जितमा अनु राईले निर्णायक गोल गरिन् । अनुले खेलको ४३ औं मिनेटमा गोल गरेकी थिईन् ।
चन्द्रपुरलाई पराजित गरेसंगै बाह्रबिसेले लिगमा लगातार तेस्रो जित निकालेको छ । जितसंगै समूह ‘सी’ को बाह्रबिसेले ३ खेलबाट ९ अंक जोडेको छ । पराजित चन्द्रपुरको ४ खेलबाट ९ अंक रहेको छ ।
अब बाह्रबिसेले एक खेल खेल्न बाँकी रहेको छ । बाह्रबिसेले काठमाडौं महानगरपालिकासंग खेल्न बाँकी रहेको छ ।
काठमाडौंले २ खेलबाट ३ अंक रहेको छ । काठमाडौंले बाह्रबिसेपछि गोदावरी नगरपालिकासंग खेल्नेछ । गोदावरीको ३ अंक रहेको छ । भिमेश्वरले कुनै अंक जोड्न सकेको छैन ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।