एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएका पूर्व मिचेल प्लाटिनी पक्राउ परेका छन् ।
फिफा र युईएफएमा भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा फ्रान्सका प्रहरीले अनुसन्धान गर्न प्लाटिनीलाई पक्राउ गरेको हो ।
प्लाटिनीलाई मंगलबार बिहान पेरिसबाट पक्राउ गरिएको इन्ग्लिश अनलाईन मिररले जनाएको छ । फ्रान्सका पूर्व लिजेण्ड ६३ वर्षीय प्लाटिनीलाई हिरासतमा राखिएको पनि मिररले जनाएको छ ।
कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्न दिने क्रममा प्लाटिनीले ठुलो भ्रष्टाचार गरेको आरोप छ ।
प्लाटिनी अहिले फुटबलमा ८ वर्षको प्रतिबन्धमा रहेका छन् । फिफाले तीन वर्षअघि पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष रहेका प्लाटिनीलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो ।