एजेन्सी । सन् २०२२ को युरोकप छनोट फुटबलमा क्रोएसियाले वेल्सलाई पराजित गरेको छ । शनिबार भएको खेलमा क्रोएसियाले वेल्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा क्रोएसियाले खेलको १७ औं मिनेटमा जेम्स लरेन्सको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । खेलको ४८ औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै क्रोएसियाको अग्रता २-० को बनाए । खेलको ७७ औं मिनेटमा डेभिड ब्रुक्सले एक गोल फर्काएपनि वेल्स पराजित भयो ।

जितसंगै समूह 'इ' को क्रोएसियाले ३ खेलबाट ६ अंक जोडेको छ । विश्वकप उपविजेता क्रोएसियाको दोस्रो जित हो । क्रोएसिया समूहको शीर्ष स्थानमा रहेको छ ।
पराजित वेल्सको २ खेलबाट ३ अंक रहेको छ । वेल्सको यो पहिलो हार हो । वेल्स समूहको तेस्रो स्थानमा रहेको छ ।
