काठमाडौं । दुई मैत्रीपुर्ण फुटबल खेल खेल्दै राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । विश्वकप छनोटको तयारी स्वरुप मलेसिया र ताईवानमा दुई मैत्रीपुर्ण म्याच खेली नेपाली टिम आज दिउँसो घर फर्किएको हो ।
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवहाक अध्यक्ष कृण्ण थापा, महासचिव ईन्द्रमान तुलाधर, कार्यसमिति सदस्य रुपेश अधिकारी लगायत पदाधिकारीले स्वागत गरेका थिए ।
मैत्रीपुर्ण खेलमा नेपाल फिफा वरियतामा आफूभन्दा तलको मलेसियासंग २-० को हार व्यहोरेको थियो । यस्तै आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग नेपालले १-१ गोलको बराबरी खेलेको थियो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले विश्वकपको दोस्रो चरणको छनोट खेल्नेछ ।
