एजेन्सी । पोर्चुगलका पूर्व स्ट्राइकर नानीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
अमेरिकी लिग ओरलान्डो सिटीका स्ट्राइकर समेत रहेका नानीले रोनाल्डोले यस सिजन युभेन्ट्सबाट उत्कृष्ट प्रदर्शन गरेको बताउँदै उनि विश्वको उत्कृष्ट खेलाडी भएकोमा दुबिधा नरहेको बताए ।
‘यो सिजन उसको लागि सफलताको सिजन थियो । मेरो विचारमा उनले उत्कृष्ट गरे ।’ म्यानचेस्टर युनाईटेडका पूर्व स्ट्राइकर नानीले भने, ‘इटालीमा खेल्न सजिलो छैन किनकि त्यहाँको फुटबल धेरै ट्याक्टिकल छ र डिफेन्डरले धेरै डिफेन्स गर्छ ।’
स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोले पहिलो सिजन क्लबबाट इटालियन सिरी 'ए' र सुपर कोपा इटालियाको उपाधि जितेका थिए ।
रोनाल्डोले यस सिजन ४३ खेलमा २८ गोल गरेका थिए । जुन गोल संख्या रोनाल्डोको सन् २००८-९ पछिको सर्वाधिक कम गोल हो ।
तर, नानीले पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डो इटालीमा गरेको उक्त गोल धेरै भएको बताए ।
‘उनले धेरै गोलहरु गरेका छन् र निरन्तर विश्वमा उत्कृष्ट रहे । मेरो विचारमा उनले धेरै राम्रो गरे,’ नानीले थपे ।