एजेन्सी । कतार विश्वकपका लागि पहिलो चरणको एसिया छनोटको पहिलो खेलमा भुटानले जित निकालेको छ ।
पहिलो चरणको छनोट अन्तर्गत बिहिबार भएको पहिलो लेगमा भुटानले गुवामलाई १-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भुटानलाई जित दिलाउन छिरिङ दोर्जीले निर्णायक गोल गरे । दोर्जीले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए ।
अब भुटानले दोस्रो लेग गुवामको मैदानमा खेल्नेछ ।
सन् २०२२ को विश्वकपका लागि जारी छनोट अन्तर्गत नै बंगलादेशले पहिलो लेगमा लाओसलाई १-० ले हराएको छ । मकाउले श्रीलंकालाई १-० ले तथा कम्बोडियाले पाकिस्तानलाई २-० ले हराएको छ ।
यस्तै मंगोलियाले ब्रुनाईलाई २-० ले हराएको छ ।