धनगढी । नेपालगंज–११ ले कैलालीको अत्तरीयामा जारी गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
बिहिबार भएको खेलमा नेपालगंज–११ ले सुदुरपश्चिम–११ लाई सडनडेथमा ६-५ ले पराजित गर्यो। निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा खेल ४-४ गोलको बराबरी भएपछि खेल सडनडेथमा गएको थियो ।
अब नेपालगंज–११ ले फाइनल प्रवेशका लागि आयोजक पिएफए स्पोर्टस क्लबसँग खेल्ने भएको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रवार अन्तिम क्वाटरफाईनलमा विवाईसी अत्तरिया र फारवेष्ट पशुपति युवा क्लब प्रतिस्पर्धा गर्नेछन् । विजयी टीमले सेमिफाईनलमा घोडाघोडी युवा क्लब सुख्खडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ ।