काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अहिले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गरिरहेको छ ।
चाईनिज ताईपेको मैदानमा जारी खेलमा नेपालले १-१ गोलको बराबरी गोल फर्काएको छ । पहिलो हाफमा १-० ले पछि परेको नेपाल अभिषेक रिजालको गोलबाट खेलमा फर्किएको हो ।
खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काए । सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका हुन् । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो ।
पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन् । यस्तै अभिषेक पहिलो पटक प्लेईङ सेटमा परेका हुन् ।
अभिषेकले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । उक्त खेल नेपालले २-० ले गुमाएको थियो ।
यसअघि नेपालले खेलको ४० औं मिनेटमा गोल खाएको थियो । चाईनिज ताईपेका उ चुन चिङले गोल गरे ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
अभिषेकको स्किल :