• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'सुकुम्बासी बनाउन रंगशाला निर्माण गर्न लागेको हैन'
खेलपाटी संवाददाता
सोमबार, जेठ २०, २०७६ खेलपाटी संवाददाता
'सुकुम्बासी बनाउन रंगशाला निर्माण गर्न लागेको हैन'

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको उदेश्य कसैको घरबार उठिवास लगाउन र सुकुम्बासी बनाउन नरहेको बताएका छन् ।

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे पछिल्लो समय देखिएको विवादबारे विज्ञप्ति निकाल्दै फाउन्डेसनले सो कुरा बताएको हो ।

'हामीले धेरै गरीबका घर, पीडितका बस्ती बनाईरहँदा केही भुँमिहिनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियान्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन्,' फाउन्डेसनले भनेको छ, 'हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौँ ।'

निर्माणाधीन अवस्थामा रहेको रंगशालाको तारबार गत बुधबार बिहान स्थानीयले भत्काइदिएपछि विवाद चुलिएको थियो ।नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले त्यस ठाउमा बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएका थिए ।

बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य स्थगित गरेको थियो । तर, फाउन्डेसनले अब रंगशालाको विषयमा विवाद नचर्काउन समेत आग्रह गरेको छ ।

रंगशालाको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले अब पछुतो, वादविवाद, टिकाटिप्पणी नगर्न आग्रह गर्दै आफूहरू कसैलाई दोषारोपण गर्ने पक्षमा नरहेको र गल्ती कमजोरी भएको भए सच्याएर अघि बढ्ने समेत जनाएको छ ।

हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण भईरहेको छ । भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा रंगशालाको निर्माण कार्य भईरहेको थियो । 

फाउन्डेसनको प्रेस विज्ञप्ति :

रङ्गशालाका बिषयमा हाम्रो अपिल

नमस्कार, जे नहुनु थियो, त्यो भयो । यो समयमा हामीलाई साथ दिने, सहयोग गर्नुहुने, सहानुभुती प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पुर्ण अग्रज ब्यक्तित्वहरु, सहयोगी मनहरु सहित सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा नेपाली भाषीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौं ।
धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिका बिच सम्झौता भई भरतपुरको चितवनमा निमार्णाधिन अवस्थामा रहेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार साथै ती समाचारमाथिका क्रिया प्रतिक्रियाका बारेमा ध्यानाकर्षण गराउँन चाहान्छौं । केही व्यक्तिहरूको अगुवाइमा रंगशालाको घेराबारामा डोजर लगाइ गरिएको भौतिक क्षतिप्रति हामी पुनः दुःख व्यक्त गर्दछौँ ।
रंगशालाको डिपिआर आइ नसकेको अवस्थामा निर्माण सामग्री सुरक्षा तथा ग्राउण्डको काम साथै केही भौतिक संरचना बनिरहेको अवस्थामा निर्माण स्थल सुरक्षाका लागि ४ महिना अगाडि नै तिन तिर जस्ताले बेरबार गरेपनि सो साइडतिर स्थानियकै भावनालाई नै मध्यनजर राखेर बेरबार हुन सकिरहेको थिएन् । र निर्माण स्थलमा भएका सामाग्रीको सुरक्षाका लागि स्थानिय टोल बिकास संस्थाका अगुवा ब्यक्तिहरुको सल्लाह अनुसार र सहमती अनुसार नै घेराबारा गरिएको थियो । र स्मरण गराउँन चाहान्छौं, कृषि तथा बन बिज्ञान विश्वबिद्यालयले सो ठाउँमा पहिलेनै काँडे तारको बार लगाएको थियो । सो भन्दा १ मिटर भित्रबाटै हामीले महानगर र वडालाई समेत जानकारी गराई र महानगरपालिकाले डिपिआर आईसकेपछि मात्रै कुन बाटो पराकिलो बनाउँने, कुन बाटो प्रयोगमा ल्याउने निर्णय गरिनेछ र निर्माण स्थल सुरक्षित राख्न, अगाडि बढ्न पत्राचार गरेकै आधारमा स्थानियको सल्लाह बमोजिमनै जस्ताको बार लगाउन सुरु गरेका थियौं । बारको छेउमा कुनै चल्तीको बाटो पनि नरहेको र महानगरपालिका र वडाले यति मिटर बाटो हुनुपर्ने भनेर कुनै पनि निर्देशन नगरिरहेको अवस्थामा भ्रममा परि केही व्यक्तिले उचालेको कारणले जुन क्षति पुग्न गएको छ त्यसप्रति हामी अत्यन्त दुखी भएका छौँ । देश विदेशमा बसेर अघाउँजी नखाइ पसिना बगाइरहेका श्रमशील दाताबाट प्राप्त रकमले निर्माण गरिएको उक्त भौतिक संरचनामा प्रहार गर्दा आज कसैको जीत नभएको र दाताको पसिनाको अपमान भएको हामीले महसुस गरेका छौँ । खेलप्रेमी व्यक्ति एवम् खेलाडीहरूका मनमा चोट लागेको कुरा अनुभव गरेका छौँ ।
हाम्रो कसैप्रति कुनै पूर्वाग्रह पनि छैन र रहने पनि छैन । मानिसबाट कहिलेकाहीँ कमजोरी हुन्छन् हामी स्वीकार गछौँ । कमजोरी भए सच्याएर अगाडि बढ्ने कुरामा पनि प्रतिबद्ध छौँ । अहोरात्र खटिरहँदा सहयोगी मनहरुको रगत र पसिनामाथी डोजर चल्दा जो पनि आक्रोसित हुनु स्वभाविक हु्न्छ । हामीले आक्रोसमा आएर अन्जानमा केही गलत बोलेको भए वा कसैमाथी ठेस पुगेको भएमा हामी क्षमाप्रार्थी छौं । जसले घटना घटायो, हाम्रो अभिब्यक्ति उसमा मात्र लक्षित हो । स्थानिय प्रति हाम्रो केही गुनासो छैन् । साथै काम गर्दै जाने क्रममा हामीबाट पनि कुनै त्रुटी भएका हुन सक्छन् । उद्देश्य पवित्र राख्दाराख्दै पनि कसैको मनमा चोट लागेको हुनसक्छ । अज्ञानताबस भएका त्यस्ता भुलप्रति हामी क्षमाप्रार्थी छौँ । मानिस हरेकको विचार भिन्न रहने भएकाले हामीसँग कसैको फरक मत पनि हुन सक्छ । हामी त्यसको पनि सम्मान गर्दछौँ । कुनै विमती भए वार्ता र छलफलबाट निराकरण गर्न सकिन्छ । विध्वंस कुनै पनि कुराको निकास हैन हामी यसमा विस्वस्त छौँ । विनास र विध्वंसमा लाग्ने ऊर्जालाई विकासमा लगाउन अनुरोध पनि गर्दछौँ ।
हामीले निजी स्वार्थ राखेर यो काम गरेका हैनौ । यदि कसैमा यसको बुझाइ फरक परेको भए यो देशको गौरव र धेरै नेपालीको भविष्यसँग गाँसिएको विषय हो भन्ने कुरा बुझाउन चाहन्छौँ ।
हामीले त्यति धेरै गरीवका घर, पीडितका बस्ती बनाईरहँदा केही भुँमिहिनहरुलाई जग्गा खरिद गरेर समेत एकीकृत नमुना बस्ती बनाएर आएका अभियान्ता भएको हुनाले कसैको घर ध्वस्त पार्ने, जग्गा रित्याउने र कसैलाई सुकुम्वासी बनाउने बिल्कुलै मनसाय होईन् । कसैको घर जग्गा बाटोमा जान्थ्यो भने पहिलो आवाज उठाउने ब्यक्तिनै हामी हुन्थ्यौं । सो ठाउँमा रङ्गशालाकै कारणले कसैको जग्गा जाने, कसैको घर उठिवास हुने अवस्था पनि छैन । र हाम्रो संकल्प कसैलाई सुकुम्बासी बनाउन, नकारात्मक प्रभाव पार्ने उद्देश्यले नभएर सबैको हितलाई केन्द्रमा राखेर यो काम आँटेका हौँ । काममा बाधाव्यवधान नआउने हो भने हामी भनेकै मितिमा पूरा गर्न सक्नेछौँ । ज्ञानबस वा अज्ञानताबस जसले यो गल्ती गरेको भए पनि आगामी दिनमा नगरिदिनुहुन अनुरोध गर्दछौँ । रंगशालाको पक्ष र विपक्ष भएर एउटै परिवारका हामी सबै नेपाली विभाजन नभइदिन र अनावश्यक झैझगडामा नलागीदिन हामी सबैँमा आग्रह गर्दछौँ ।
अन्त्यमा, जे नहुनु थियो त्यो भयो । अब त्यसमा पछुतो, वादविवाद र टिकाटिप्पणी गरेर घटनालाई गिजोल्ने गरेर समय व्यतित गर्नुभन्दा आगामी दिनमा यस्तरी कसैको पसिनाको अपमान हुने र अरु कसैको नोक्सानी हुने काममा नलागीदिन र अभियानको अभियान्ता बनिदिनुहुन पनि हामी सम्पूर्णमा आह्वान गर्दछौँ । साथै स्थानिय महानुभावहरुले हामीलाई बार लगाईदिने र काम सुचारु गर्न बातावरण तयार गर्ने प्रतिबद्धता जनाईसक्नु भएकाले गर्दा स्थानिय महानुभावहरु, भरतपुर महानगरपालिका साथै नेपाल सरकारलाई छिटो भन्दा छिटो रङ्गशालाको काम अगाडि बढाउन अनुकुल बातावरण श्रृजना गरिदिनुहुन अनुरोध गर्दछौं । सो भएमा हामी चाँडै पहिले जस्तै काममा फर्किने पनि जानकारी गराउन चाहान्छौं ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP