काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले जितका लागि प्रदेश नम्बर १ लाई २६६ रनको फराकिलो लक्ष्य दिएको छ ।
मुलपानी क्रिकर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २६५ रन बनायो ।
प्रदेश २ का लागि सुरज पटेलले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै राशिद खानले ४७ तथा हरिशंकर साहले ३१ रन जोडे ।
त्यस्तै रबि साह,बिशाल शुस्लिङ र हसिम अन्सारीले समान २०/२० रन जोडे ।
प्रदेश १ का पुष्प थापाले ३ तथा सरोज बस्नेतले २ विकेट लिए ।