काठमाडौ । सहिद स्मारक सी डिभिजन लिग छनोट अन्तर्गत च्याम्पियन ब्वाइज सेतीओपीले विजयी सुरुवात गरेको छ ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा च्याम्पियन ब्वाइजले रियल फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्याे ।
च्याम्पियनको जितमा योमन चोचे, प्रेन भण्डारी र निराम वाजीले एक–एक गोल गरे । यस्तै पराजित रियलका लागि उमेश खड्का र अनम श्रेष्ठले एक–एक सान्त्वना गोल गरे ।
जितसँगै च्याम्पियनले समुह ईबाट महत्वपुर्ण तीन अंक प्राप्त गर्याे । समुह ईमा च्याम्पियन ब्वाइज, रियल फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लब रहेका छन् ।
समुहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ ।
आजै हुने भनिएको दोस्रो खेल भने बर्षाको कारण स्थगित भयो । चर्च ब्वाइज युनियन फुटबल क्लब र विराट सांग्रिला स्पोर्टिङ क्लबको खेल भोली (बिहीबार) लाई सारिएको छ ।
सो खेल विहान ११ बजे हुने एन्फाले जनाएको छ । यस्तै अन्य खेल पुर्व निर्धारित समय अनुसार हुनेछ ।